काठमाडौं– मोहन वैद्य नेतृत्वको माओवादीबाट विद्रोह गरी लोकराज जैशी नेतृत्वको नेता तथा कार्यकर्ताहरु गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जैशीको नेतृत्वमा एक दर्जनभन्दा बढी कार्यकर्ताहरु प्रवेश गरेका हुन् ।

जैशी र किरातीविच सहमति–पत्रमा हस्ताक्षर भएको छ । किरातीले जैशी लगायतका नेतालाई सपथ खुवाएका छन् ।
जैशीले वैद्य नेतृत्वको माओवादी पद्धतिविहिन ढंगले चलेको पटक पटक सुधारका लागि आग्रह गर्दा पनि नसुध्रिएपछि आफूहरू गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रमा लागेको बताए ।

‘मोहन वैद्यप्रति सम्मान गर्न चाहन्छु । व्यक्तिगत रुपमा म उहाँकोे आलोचना गर्दिनँ । पार्टीभित्र दुई लाइन संघर्ष चल्यो । हामीले पटक पटक सुधारका लागि आग्रह गर्यौ, सुधार हुन्छ भन्नुभयो तर तर सुधार भएन,’ जैशीले भने, ‘पदद्धिहिन ढंगले चलेको पार्टी सुधार होस् भन्ने उदेश्यले हामीले पार्टीभित्र फरक समूह बनाएर संघर्ष गरेका थियौ ।’

उनले अब सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए । उनले भने, ‘नेकपा माओवादी केन्द्रमा हामी आइसकेपछि सर्वहराव गर्तको अधिनायकत्व स्थापित गर्न हातमा हात मिलाएर अघि बढ्नेछौ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here