जनकपुरधाम- मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत धनुषाको मिथिला विहारी नगरपालिकास्थित मावि मिथिलेश्वरका ६४ जना छात्राहरुलाई शनिबार एक समारोहका बीच साइकल हस्तान्तरण गरिएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित साइकल वितरण कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उक्त विद्यालयको कक्षा आठमा अध्ययनरत छात्राहरुलाई आफनै हाथ साइकल हस्तान्तरण गरे ।

छात्राहरुलाई साइकल उपलब्ध गराउदै मुख्यमन्त्री राउतले महिलाहरु शिक्षित नभएसम्म प्रदेश समृद्ध नहुने भएकाले प्रदेश सरकार महिला शिक्षालाई प्राथमिकतामा राखेको बताए ।

 उनले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गतका कार्यक्रमहरुले महिला शिक्षाका साथै समाजिक रुपान्तरण महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस अभियानमा सहयोग गर्न सबै पक्ष संग आग्रह समेत गरे ।

विद्यालयका प्रअ लालबाबु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, मिथिला विहारी नगरपालिकाका मेयर अनिल यादव सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here