दमक– लोकसेवा आयोगको विज्ञापन विरुद्धको आन्दोलन समाजवादी पार्टी प्रदेश नं १ ले ऐक्यवद्धता जनाएको छ ।
समाजवादी पार्टी प्रदेश नं १ का अध्यक्ष प्रविण चाम्लिङ र सदस्य सचिव दिपक याक्खाले शनिबार प्रेस विज्ञप्ती जारी गरी आन्दोलनमा ऐक्यवद्धता जनाएको हो ।

यसअघि शुक्रबार समाजवादी पार्टी खोटाङ जिल्ला समितिका अध्यक्ष टंक थापाले पनि विज्ञप्तीमार्पmत आन्दोलनमा समर्थन जनाएको थियो ।

समाजवादी पार्टी केन्द्रीय समितिले समेत पहिल्यै आयोगको विज्ञापन सच्याउनुपर्ने भन्दै विज्ञप्ती निकालेको थियो ।
आदिवासी जनजाति, मधेसी, दलित लगायत उत्पीडित समुदायले आयोगको विज्ञापन संविधानमा उल्लिखित समावेशी सिद्धान्त विपरीत रहेको भन्दै उक्त विज्ञापन खारेज गरी पुनः सच्याएर गर्नुपर्ने बताएको थियो ।

विज्ञापन रद्द गर्न संघीय संसदको राज्य व्यवस्था समितिले समेत आयोग र सरकारलाई निर्देशन दिएको थियो ।
तर स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतसम्म पुगेको उक्त मुद्दा अदालतले भने स्थगित गर्न आवश्यक नरहेको निर्णय गर्दै विज्ञापन अघि बढाउन अनुमति दिएको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here