जनकपुरधाम- प्रदेश नं २ सरकारको सिफारिसमा भारतको आन्ध्र प्रदेश काकिनाडास्थित आदित्य एजुकेशनल इन्स्टिच्युशनले २८ जना छात्र-छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।

इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं २ का १८ जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रमअन्तर्गत १० जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलाेली, माइनिङ, पेट्रोलियम, एग्रीकल्चर, इलेट्रिकल, इलेक्ट्रोनिकमा पूर्ण छात्रवृति दिने भएको हो । 


यसअन्तर्गत छात्रवृति पाउने छात्रछात्राहरुले छात्रावास, किताव खर्च , परीक्षा शुल्क र पोशाक शुल्क आफैले बेहोर्नु पर्ने छ ।

इन्स्टिच्युसनका निर्देशक परमजित सिंहले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप २० जना छात्राछात्रालाई ५० प्रतिशत छात्रवृति प्रदान समेत गरिने बताएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here