भोजपुर । सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरमा कार्यरत इन्जिनियर मोहनबाबु यादव १ लाख ८० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

कार्यालयका प्रमुख इन्जिनियर यादवलाई सोमबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले घुससहित नियन्त्रणमा लिएको हो ।

उनले षडानन्द नगरपालिका–१३ स्थित छाँगे खोला सिंचाइ आयोजनाको चालु आर्थिक वर्ष फछ्र्योट गर्ने क्रममा उपभोक्त समितिबाट घुस रकम लिएको बताइएको छ ।

९८ लाख रुपैयाँको लागत रहेको उक्त योजना कुल २० प्रतिशत कमिशन दिएमात्रै बिल पास गर्ने यादवको अडान थियो ।
अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय नजिक रहेको फुपु–भदैनी खाजा घरमा घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here