काठमाडौं । भ्रष्टाचार विरोधी अभियानमा लागेर सामाजिक अभियान्ताको छबि बनाएका ज्ञानेन्द्र शाही, डा सुरेन्द्र भण्डारीलगायत व्यक्तिहरु जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र मासेर राजतन्त्र फर्काउने र २०४७ सालको संविधान लागू गर्ने षडयन्त्रमा लागेको आरोप लगाइएको छ ।

ज्ञानेन्द्र शाही नेपाल दर्शन पार्टीको केन्द्रीय सचिव रहेको बताइएको छ । उनको वास्तविक नाम ज्ञानबहादुर शाही रहेको बताइएको छ ।

शाही भण्डारी लगायतले ‘नेपालको लागि नेपाली अभियान’ भन्दै भ्रष्टाचार विरुद्ध जनदबाब सिर्जना गर्ने प्रयास गरिरहेका छन् ।
शुक्रबार केही व्यक्तिहरुले नेपालको लागि नेपाली अभियानबाट अलग भएको घोषणा गर्दै शाही र भण्डारीको पोल खोलेका हुन् ।

सुरेन्द्र भण्डारीलाई यसअघि पनि राजावादीको अभियोग लागेको छ । ज्ञानेन्द्र शाहीलाई पनि भारतीए एजेन्टको आरोप लागेको छ ।

शाही आदिवासी जनजाति विरोधी रहेको भन्दै केही समयअघि आदिवासी नेता आङकाजी शेर्पाले स्टाटस राखेका थिए ।

1 COMMENT

  1. यी झोलेहरू मुलुकको वर्वादीमा देखिए / गणतन्त्र मुर्दावाद? राष्ट्र र जनताको पक्षमाछैन /

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here