काठमाडाैं । काठमाडौंमा बल्खु खोलाको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

ग्यास सिलिन्डर बगाएपछि त्यसलाई समाउन जाने क्रममा विनोद चौधरी कलंकीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार अहिले बेपत्ता भएका चौधरीको खाजी कार्य जारी छ ।

यस वर्ष मनसुन सुरू भएयताकै लामो समयसम्म जारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

बिहीवारयता भइरहेको अबिरल वर्षाका कारण तराईका भू–भाग र काठमाडौं उपत्यका डुबानको चपेटामा परेका छन् । काठमाडौंका कैयन भू–भाग जलमग्न बनेका छन् ।

वर्षाका कारण कलंकी मालपोत क्षेत्र डुबानमा परेको छ । मालपोत कार्यालय, प्रहरी चौकी लगायतका स्थान जलमग्न बनेका छन् ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here