धनगढी । आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायव निरीक्षक भुपालसिंह थापाका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३९ वर्षीय मानबहादुर लुहार (नाम परिवर्तन)लाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाकी आमाको जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जाहेरी अनुसार गत असार २४ गते राति १० देखि ११ बजेको बिचमा छोरीमाछि बलात्कार गरिएको हो ।
प्रहरीले लुहारलाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लगिएको जनाएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here