काठमाडौं । लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द समेत गर्ने भएको छ ।

असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस निकालिनेछ । असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिनेछ भने साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

आन्दोलनका कार्यक्रमः
२०७६ असार २८ गते- प्रचार-प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।
२०७६ असार २९ गते- साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३० गते- साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३१ गते- उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
२०७६ साउन २ र १० गते- नेपाल बन्द ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here