धरान । भारतसँग झुकेर भारतबाट आयत हुने फलफुल र तरकारीको विषादी परीक्षण रोकेको भन्दै सत्तारुढ दल समाजवादी पार्टीका कार्यकर्ताहरु नै सडकमा उत्रिएर सरकार विरोध गरेका छन् ।

मंगलबार धरानमा समाजवादी पार्टीका विद्यार्थी संगठनका नेता, युवा नेता तथा पार्टीका अन्य नेता–कार्यकर्ताहरुले विषादीयुक्त तरकारी लेखिएको तरकारीसहित प्रदर्शन गरेका छन् ।

उनीहरुले व्यानर तथा ‘लम्पसारवाद मुर्दावाद, विषादी तरकारी आयात गर्न पाइँदैन जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, भारतीय तरकारी बन्द गर, ओली सरकार चाहिँदैन, विष खुवाउन पाइँदैन’ लगायत नारा लेखिएको कागज आफ्नाे छाती र टाउकामा टासेर प्रदर्शन गरेका हुन् ।

हाल भारतीय दबाबमा भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण रोकेपछि जनताको तहबाट सरकारको आलोचना भइरहेको छ ।

तलका तस्बिरहरू सागर चेम्जोङ, यम किराती र छितिज थापा मगरबाटः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here