सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले डोजर लगाएर आफ्नै घरको कम्पाउण्ड पर्खाल भत्काएका छन् ।

भ्रष्टाचारविरोधी अभियान्ताको छबि बनाएका मेयर चौधरीले आप्mनो घरको पर्खालले सडक छोएको भन्दै पर्खाल भत्काएका हुन् ।


उनले इटहरी उपमहानगरपालिका–१७ स्थित हाइवेसँगै रहेको आफ्नाे घर भत्काएका हुन् ।

उनले सडक क्षेत्रमा आफ्नाे घरको पर्खाल परेका कारण सरकारी जग्गा संरक्षण अनुरुप आफ्नै घरको पर्खाल भत्काएको बताएका छन् । तस्बीरः समाचारपाटी डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here