काठमाडौं । पश्चिमे भाकाका गीत संगीत पूर्वी क्षेत्रमा पनि विस्तार भइरहेको बेला पश्चिमे र पूर्वेली भाकाको संयोजन गरी संगीतकार सशी गुरुङ ‘बाङ्देल’ले नयाँ गीत निर्माण गरेका छन् ।

‘यो ज्यानसँग सिंगौरी खेल्यौ नि’ बोलको नयाँ गीत माउन्टेनम्युजिक नेपाल नामक युट्युब च्यानलमार्पmत् सार्वजनिक गरिएको छ ।
संगीतबाट पश्चिमेली र पूर्वेली पहिचान र संस्कृति जोड्ने प्रयास गरिएको यस गीतलाई गायक नविन राई र गायिका मेलिना राईले गाएका छन् ।

संगीतकार गुरूङ

यस गीतको शब्द संगीतकार गुरुङ आफैले तयार पारेका हुन् । ‘सिंगौरी–३’ नाम दिइएको यस गीतको म्युजिक भिडियोमा एलिशा राई, श्याम राई, योगेन्द्र राई, विशाल सेनेहाङ, भावना थापा लगायतले अभिनय गरेका छन् ।

उमेश गुरुङले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।

सिंगौरी–१ र सिंगौरी–३ को सफलतापछि हाल सिंगौरी–३ सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here