काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले दसैंभत्ता माग्ने सांसदहरुप्रति कडा व्यङ्ग्य प्रहार गरेका छन् । संघीय सांसदहरुले कर्मचारीले सरह आपूmहरुले पनि दसैंभत्ता पाउनुपर्ने माग राखेपछि संग्रौलाले ट्वीट गर्दै ती सांसदहरुमाथि प्रहार गरेका हुन् ।

उनले ‘६ करोड रुपैयाँको पाकेट खर्चले नपुगेर दसैं खर्च मागेछन्’ भन्दै कमेन्ट गरेका छन् ।
उनले लेखेका छन्, ‘६ करोडको पाकेट खर्चले नपुगेर सांसद नामक अगस्तीले कर्मचारी सरह दसैं खर्च मागेछन् । माग्दै जाँदा यी मगन्तेले पेन्सन पनि माग्लान् । मति हेर्दा त मान्यवर यी लम्पट कान्जी हाउसमा थुनेर टन्न घाँस ख्वाइन लाइक छन् ।’

संसदीय क्षेत्र विकासको नाममा सांसदहरुलाई ६ करोड रुपैयाँ दिनेबारे यसअघि सामाजिक सञ्जालमा विरोध गरिएको थियो ।
सांसदले आफ्नाे कार्यकर्ता पोस्याउनकै लागि रकम मागेको भन्दै विरोध गरिएको हो ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका युवा नेता गगन थापालगायत केही नेताले भने सांसदलाई बजेट दिन नहुने धारणा सार्वजनिक रुपमै राखेका थिए ।

तर प्रायः सांसद तथा नेताहरुले भने विभिन्न तर्क ल्याएर सांसदहरुलाई ६÷६ करोड रुपैयाँ बजेट दिनुपर्ने जिकिर गरेका थिए । उनीहरुले त १० करोड बजेट हुनुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here