खोटाङ । वरिष्ठ गायक राजेश पायल राईलाई गृह जिल्ला खोटाङमा नगद एक लाखसहित सम्मान गरिएको छ ।
खोटाङको बुइपामा जन्मेका गायक राईले संगीतको माध्यमबाट खोटाङलाई देश–दुनियाँमा चिनाएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार उनलाई सम्मान गरेको हो ।

तर नगरपालिकाले आफ्नाे दोस्रो नगर दिवसको अवसरमा गायक राईलाई सम्मान गर्ने तयारी गरेको भए पनि राई कार्यक्रममा उपस्थित हुन नसक्ने अवस्था आएपछि उक्त पुरस्कार हस्तान्तरण गर्न बाँकी राखिएको छ ।

नगरपालिकाले अन्य विभिन्न विधाका उत्कृष्ट व्यक्ति तथा संस्थाहरुलाई पनि पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरेको छ ।
उत्कृष्ट कर्मचारीको रुपमा मोहनप्रसाद आचार्यलाई ५० हजार र उत्कृष्ट विद्यालय पञ्च माविलाई ५० हजार रुपैयाँ पुरस्कारसहित प्रमाण–पत्र दिइएको छ ।

विद्यालय सुधारका उत्कृष्ट शिक्षक सरस्वती माविका प्रधानाध्यापक ध्यानबहादुर राईलाई ५० हजार र उत्कृष्ट उद्योमी अशोक राईलाई २५ हजार रुपैयाँ पुरस्कार दिइएको छ ।

यसैगरी बैंकचोक टोल सुधार समिति र साप्सुधाप पर्यटन विकास उपभोक्ता समितिलाई पनि नगद २५ हजारको दरले पुरस्कार र प्रमाण–पत्र दिइएको छ ।
नगरपालिकाले यस वर्षको एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र–छात्राहरुलाई पनि जनही ५ हजार रुपैयाँ पुरस्कार दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here