खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी रिठाबोटेमा ‘हिन्दु राष्ट्र कायम गरौ’ भन्दै घर–घरमा पुगेर सेतो कपडामा हस्ताक्षर गराउने व्यक्तिको स्थानीय गजुरमान राईले ‘सातो खाएको’ भिडियो केही दिनअघि सार्वजनिक भयो ।

उक्त भिडियो र प्रसंगका बारेमा धेरैमा अस्पष्टता र उत्सुकता देखियो । यस कारण सार्वजनिकले गजुरमान राईलाई सम्पर्क गर्यौ र सामान्य सूचना लिने प्रयास गर्यौ ।

भिडियो तीन महिनाअघिको रहेछ । हस्ताक्षर गराउने राप्रपाका कार्यकर्ता रहेछन् । उनी स्थानीय नभई ओखलढुंगाका हुन् । हिन्दु राष्ट्रका लागि राप्रपाले गत चैत २३ गतेदेखि क्षेत्रीय तह, स्थानीय तह, नगर तथा गाउँसम्म हस्ताक्षर अभियान चलाउँदा उनी खटिएका रहेछन् ।

हलेसी मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष समेत रहेका जगुरमान राईले हिन्दु राष्ट्रका लागि घर–घरमा गएर सोझा–साझा जनता, आइमाई केटाकेटीहरुलाई हस्ताक्षर गराएको पाइएपछि आफूले सो कार्यको प्रतिवाद गरेको सार्वजनिकसँग बताए । सो क्रममा उनले सेतो कपडा नियन्त्रणमा लिए र पछि फिर्ता गरे ।

जगुरमान राईको भनाइ

मेरो घर हलेसी तुवाचुङ नगरपालिका–७ गैरीगोठ हो । रिठाबोटेमा पनि मेरो डेरा छ । म डेरामा आउदा मेरी बुढीलाई सेतो कपडामा हस्ताक्षर गर्न लगाउँदै गरेको देखेँ । अन्त पनि घरघरमा हस्ताक्षर गराउदै ल्याएको रहेछ । कुरै नबुझी किन यसरी हस्ताक्षर गराएको भनेर मलाई रिस उठ्यो ।

यो कस्तो मान्छे, यो के गर्न खोजेको ? यसले त के नै पो गर्न लागेको हो कि ? भन्ने मनमा पर्यो । त्यो मान्छे को हो मैले थाहा पाइनँ । नाम पनि सोधिन । मैले सेतो कपडा खोसे । कपडा खोलेर हेर्दा शिरमा हिन्दु राज्य मात्रै लेखिएको रहेछ ।

त्यसपछि हाम्रो जोशाजोश नै पर्यो । यसरी करकापमा सही गराउदै हिड्न मिल्छ भन्दै कराए । आम भेला बोलाएर, कार्यक्रम राखेर गरेको हस्ताक्षर भए ठिकै हुन्थ्यो । तर कुरै नबुझाई सोझा–सिधा जनतालाई, आइमाइ केटाकेटीहरुलाई यसरी हस्ताक्षर गराउन पाइँदैन भने ।

सुरुमा त यो कस्तो खालको मान्छे हो ? यसले के गर्न खोजेको भनेर मैले इलाका प्रहरी कार्यालयमा मौखिक उजुरी पनि दिए । पछि राप्रपाको जिल्ला नेता जीवन श्रेष्ठले मलाई फोन गर्नुभयो, त्यो मान्छे हाम्रो मान्छे भनेर । कपडा नखोसिदिनुस् भन्नुभो । मैले तपाईहरुकै मान्छे हो भने पनि यसरी हस्ताक्षर गराउन पाइँदैन भने ।

पछिल्लो चरणमा उहाँहरुले पनि आफ्नाे गल्ती भएको स्वीकार गर्नुभयो । हाम्रो गल्ती भयो भन्नुभयो । अनि मैले कपडा फिर्ता गरे । त्यो मान्छे मैले चिनिनँ । ओखलढुंगातिरको बाहुन रहेछ । राप्रपाको हस्ताक्षर संकलन कार्यक्रम रहेछ । मलाई थाहा भएन । हाम्रोमा पनि राप्रपाका केटाहरु थिए, तर उनीहरु त्यहाँ थिएनन् ।

घरघर गयर सुटुक्कै हिन्दु राष्ट्रको हस्ताक्षर गर्नेको पर्दाफास

हलेसीमा हिन्दु राष्ट्र कायम गर्न भन्दै हिडेका यो मन्छेले बृद्दा बालकहरुलाई हिन्दु राष्ट्र कायम गरौ भन्दै सहि गराउदै हिड्दै गर्दा हलेसी मन्दिर समितीको अध्यक्ष गजुरमान राईले थर्कायर उस्को हस्ताक्षर सङकलित नै कब्जा गर्नु भयको भयो तपाईको बिचार उहाले ठिक कि बेठिक गर्नु भयो?।

Gepostet von किरात पुर्खा तयामा,खियामा र रैछाकुले/हेच्छाकुपा am Montag, 1. Juli 2019

1 COMMENT

  1. बिज्ञान को युगमा धर्मको राजनिती कसैले पनि नगरौ। सबै मिलेर सम्पन्न नेपालको निर्मान गरौं। ताकी हामिकोहिपनी भोकै मर्न नपरोस। देशमा शान्ति आवस। सबै धर्ममा भयको बिकृतिको सुधार गरौं ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here