राजेश सिंह विष्ट
दार्चुलाको मार्मा गाउँपालकिामा–३ मा पर्ने लटिनाथ देवस्थलको मैदानलाई ब्यबस्थित गरेर त्यसलाई एउटा खेलमैदानको रुपमा परिवर्तन गर्ने र लटिनाथ मन्दिरलाई पर्यटकीय ठाउँको रुपमा इस्थापित गर्ने भन्ने कुरा भएको थियो ।
तर आज आएर त्यहाँ खेलमैदान होइन सडक पो बनाउने कुरा कहाँबाट आउँदैछ ? मेरो प्रश्न जनप्रतिनिधिलाई किन खेलमैदान सडक बनाउन लागेको हो ? के तपाईहरूको स्वार्थ पूरा भएन ? पैसा खाने भए कुनै अन्तै योजनाको काम गर्नुस् । मार्मा क्षेत्रको मुटु नै हो यो खेलमैदान । तर तपाईहरुले तहसनहस किन गर्दै हुनुहुन्छ ?
तपाईंले बिकास गर्ने हो भने त्यहाँको जनता ४ महिनासम्म यताउता सेवाबाट बन्चित हुन्छन् । त्यो ठाँउमा कहिले सडक निर्माण हुन्छ ?

अहिलेसम्म गन्नादेखि पारिबगर सडक त बर्षायाममा कुनै पनि यातायात चल्दैन । तपाईहरुले बनाएको सडकको के काम ? हिजो खेलमैदान बनाउदा धिरज बिष्टलाई विकासविरोधी भनेर हामीले गल्ती गरेका रहेछौ । धिरज बिष्टले यो गलत हो भन्दा हामी सबै यो विकास हो भनेर बिरोध गर्यौ । तर आज जुन कुरा धिरज बिष्टले भनेका थिए त्यही कुरा सहि साबित भयो । कुनै पनि योजनाको दीर्घकालीन सोंच बनाएर काम गर्ने हो । अनि फागुन महिनामा लटिनाथको फिल्ड निर्माण गर्दा ३–४ मिटर जग्गा ब्यापारीलाई अतिक्रमण गराउनुभयो । आफू नजिक भएका सम्पूर्ण ब्यापारीले अहिले २–३ तलाको घर निर्माण गरे तर कुनै पनि जनप्रतिनिधिको ध्यानाकर्षण भएन । तर आज आएर हाम्रो ऐतिहासिक प्राकृतिकले बनाएको जंगल सक्काउनुभयो । तर हामीले खेलमैदान बन्छ भनेर कुनै वास्था गरेनौ । आज आएर खेलमैदानको छेउबाट सडक निर्माण गर्ने सपना देख्नुभयो । सोझा-साझा जनतालाई झुक्याउने काम भयो ।

राजेश सिंह विष्ट

खेलमैदान बनाउने सपना देखाएर सार्बजनिक जग्गा अतिक्रमण गर्दै हुनुहुन्छ । तपाई जनप्रतिनिधि होइन भू-माफिया हो । यो सडक खेलमैदान बनाउँदा बाँकी रहेको केही भूभागको पनि १२–१४ मिटरमा सडक निर्माण गर्दा बाकी रहेको ३०–४० मिटरमा कसरी खेलमैदान हुन्छ जनप्रतिनिधिज्यू ?

अर्को कुरा जनप्रतिनिधि जानकारी गराउछु गाउँमा १० घर छैनन् त्यहाँ १४–१५ लाखको सडक योजना बनाउनुहुन्छ । अनि लटिनाथ मन्दिरको जग्गा अतिक्रमण गरि बनाएको बजारमा ढल निकासको लागि भनेर ३ लाख बजेटको योजना आउँछ । कहाँ गए जनप्रतिनिधि ? कहाँ गयो स्थानीय सरकार ? कहाँ गए स्थानीय बुद्धिजीवीहरु ? कहिले बोल्नुहुन्छ ?
पहिला जे अनिवार्य छ, जे जरुरी छ त्यसको काममा लाग्नुहोस् । भएको संरचनालाई नबिगार्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here