दिलिप कुमार यादव
कपिलवस्तु । प्रदेश नं ५ का सामाजिक विकास समिति सभापति दुर्गानारायण पाण्डेयले कपिलवस्तुको ४ वटा स्थानीय तहमा आयुर्वेद औषधालय रहेकोमा बाँकी सबै गाउँपालिकामा आयुर्वेद औषधालय स्थापना गर्न अनुरोध गरेका छन् ।

प्रदेश सरकारले आयुर्वेदलाई प्रथामिकतामा राखेको समेत उनले बताएका छन् ।

जिल्लाका आयुर्वेद स्वास्थ्यसँग सम्बद्ध रहेका हरेक संस्थाहरुको नीति निर्माणमा प्राथमिकीकरण गर्न तथा स्थानीय आयुर्वेद सम्बन्धि अनविज्ञ रहेकाले हरेक गाउँ–गाउँमा आयुर्वेद सेवा पुराउने उद्धेश्यले अभिमूखिकरण कार्यक्रमको आयोजना गरिएको कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा आचर्ना शुक्लाले बताए ।

जिल्लामा आयुर्वेदका क्षेत्रमा देखिएका समस्या, चुनौति, भाबी योजना र तत्काल गर्नुपर्ने कार्यलगाय बिषयमा कार्यालय प्रमुख शुक्लाले अझैपनि जिल्लाका सबै क्षेत्रमा आयुर्वेद सेवा पुर्याउन नसकेको बताए ।

अभिमुखिकरण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै प्रदेश नं ५ का प्रदेशसभा सदस्य सहसराम यादवले आयुर्वेद क्षेत्रको बिकासमा सरकारले विशेष ध्यान दिनुपर्ने औल्याए ।
आयुर्वेद पद्धतिबाट बिरामीको औषधी उपचार गर्दा दुष्प्रभावरहित उपचार हुने र मानिसलाई दिर्घजिवन हुने भन्दै आयुर्वेद सेवाको विकास र विस्तार गर्नुपर्नेमा यादवले जोड दिए ।

यादवले कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको थप बिकासका लागि पहल गर्ने बताए । यस्तै जिल्लाका १० वटै स्थानीय तहको तर्पmबाट कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुले जनता आयुर्वेद सेवाको पहुँचबाट टाढा रहेको बताए ।

जिल्लाका सबै ठाउँंमा आयुर्वेदको सहज पहुँच नहुँदा अझै पनि अधिकांश जनताले निजी आयुर्वेद क्लिनिकबाट चर्को मुल्यमा औषधी किन्न बाध्य भएको बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ का कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बुद्घिप्रसाद पौडेलले हाल विश्वमा जटिल समस्याको रुपमा रहेको नसर्ने रोग व्यवस्थापनमा आयुर्वेद सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले रोग लाग्नुको मुख्य कारण शारीरिक निस्क्रियता तथा अस्वस्थकर खानपान र मानसिक तनाव रहेको भन्दै नसर्ने रोगको जोखिमबाट बच्नका लागि खानपान तथा शारीरिक सक्रियता आवश्यक पर्नेे बताए ।

सामाजिक विकास मन्त्रालय बुटवलका स्रोतव्यक्ति गणेश भट्टराईले आयुर्वेद चिकित्सा पद्घतिको संरक्षणका लागि संवैधानिक तथा नीतिगत व्यवस्थाको बारेमा जोड दिँदै प्रत्येक स्थानीय तहले आयुर्वेद संस्था स्थापना तथा कार्यक्रममा सहयोग गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here