डा. युवराज संग्रौला
लिच्छवी कालमा स्थानीय शासनकाे संयन्त्रको रुपमा रहेको निकायलाई गोष्ठी भनिन्थ्यो । बोलिचालीमा यसलाई अहिले गुठी भनिन्छ । गोष्ठीले सम्पतीको संरक्षण गर्थ्यो । हरेक समाजको इतिहासले ऐतिहासिक सिद्धान्तहरु निर्माण गर्छ । चिनले यस्तै ऐतिहासिक सिद्धान्तहरुलाई आत्मसात गर्दै चिनियाँ बिशेषतासहितको समाजबादको निर्माण गर्ने घोषणा गरेको हाम्रा नेताले बुझे राम्रो हुने हो ।

१. हरेक ऐतिहासिक सन्दर्भ सामन्तवाद हुँदैन । गुठी प्रणाली हाम्रो ऐतिहासिक धरोहर हो । यसलाई भत्काउने खेलको मोहोरा नबन्न सरकारले ख्याल गराेस् । यसलाई सामन्तवाद ठान्नु अल्प ज्ञान हो । सामन्तवाद त सय किलोको माला लगाउने प्रवृत्तिचाहि हाे ।

२. जग्गाको ब्यबस्थापन गर्ने अलग कानुन बनाउनु आवश्यक छ । सरकारले देशको बिज्ञता प्रयोग गर्नु राम्रो हुन्छ यसबारेमा । देशमा जग्गा ब्यबस्थापन गर्न जान्ने अनेक बिज्ञहरु छ्न् । जनता देशका मालिक हुन् भन्ने कुरालाई सरकारले बुझ्नु राम्रो हुन्छ । अल्पज्ञानिका दिमागमा भर गरेर गल्ती गर्दै प्रतिगामीलाई ढोका खोल्नु राम्रो होइन ।

३. गुठी र जग्गा एउटै कुरा होइन । गुठी नेपाली समाजलाई जोडेर राख्ने सामाजिक सम्बन्धकाे आधार हो । यसलाई बेदखल गर्दा नेपाली समाजको जग भत्किन्छ । हामीलाई अल्पज्ञानले समास्याग्रस्त बनायो । सबै नेपालीको इतिहास हो यो ।

४. गुठीको ब्यबस्थापन गर्ने अलग संयन्त्र बनाउनु आवश्यक छ । गुठीका जग्गाको प्रयोग सरकारले गर्न सक्छ तर गुठीको अस्तित्वमाथि प्रहार गर्न कसले उक्सायो ? सरकारले खोज्नु राम्रो हुन्छ ।

गुठी विधेयकविरुद्ध निकालिएको राँके जुलुस । तस्बीरः कुमार लिङदेन

हामी आफै संकटको बाटोतर्फ आफूलाई धकेलिरहेका छौ जस्तो लाग्छ । पल्लाघरकी आमैलाई बिरामको बारेमा धेरैपटक सम्झाइयो । तर उनले वास्तै गरिनन् । शरीरमा क्यान्सर भइसकेको रहेछ । आफ्नै छोरा डाक्टर भए पनि केही भएन । जसरी पंचायतमा राजालाई पन्चेहरुले अन्धकारमा राखे । अहिले प्रधानमन्त्रीलाई अन्धाकारमा राख्ने तत्व सक्रिय छजस्तो देखिन्छ । राजनीतिक दलको भूमिका कमजाेर भएकै कारणले अराजक तत्वहरु मौलाएका छ्न् । सरकारले यस्तालाई टाउको उठाउने मौका दिइरहेको छ ।

फ्रेन्च क्रान्तिपछि रोबेस्पिएरको नेतृत्वले फ्रान्सको सत्ता आफ्नो हातमा लियो । अराजकता यस्तो भयो स्वयम् जनता नेतृत्वको बिरोधमा पुगे । माराले चर्का नारा दिँदै आफनै काम्रेडको बदख्वांइ गर्न थाल्यो । आफनै काम्रेडलाई झुन्ड्याउन थालियो । अनि एउटा सभामा रोबेस्पिएरकै बिरुद्धमा नारा लाग्यो र एउटाले गोली हान्यो । उनकाे चिउँडो उड्यो । अन्तमा उनलाई आफनै साथीले जियटाइनमा हाले । अराजकता मौलायो भने सबैलाई बर्दाद गर्छ । जमिनमुनि लुकेका मानिसहरु मौका छोपेर बसेका हुन्छन् । जब शासन ब्यबस्था पारदर्शी हुन्छ, सबैको दिमाग बिकासमा लगाउछ र विश्वास जित्छ, अराजकहरु समाप्त हुन्छन् ।

अहिलेको आवश्यकता
१. देशलाई एकीकृत गर्ने हो । २. राज्यका संस्थालाई कार्यमूलक बनाउने हो । ३. नेतृत्वबाट अपराधी, माफिया र दलालहरुलाई निकाल्ने हो । ४. देशको बिज्ञतालाई केन्द्रीकृत गर्ने हो । ५. नेताका वरिपरि बसेर मोज गर्नेलाई हटाउने बेला हो । ६. देशमा उत्पादनको माहाेल तयार गर्ने हो । ७. दुई छिमेकीको मन जितेर सहयोगको वातावरण निर्माण गर्ने हो ।
यस्तो अवस्था सिर्जना नगरौं कि हामीले आफैंलाई जोगाउने मौका पाउन नसकियोस् । त्यसैले समस्या गुठी होइन, समस्या हाम्रो अराजक, भ्रष्ट र देशबिरोधी चरित्र हो । (याे लेख संग्राैलाकाे फेसबुकबाट लिइएकाे हाे)

1 COMMENT

  1. गुठीको जग्गा आफ्नो पुर्खाको इतिहाससँग जोडिएको छ। आफूसँग भएको सम्पत्तिको केही भाग, जग्गा वा घरलाई आफ्ना देउताका नाममा, सम्पदा जोगाउन र सामुदायिक सद्भावलाई कायम राख्न गुठीको रूपमा व्यवस्थित गरिएको हो ।यो किसान वा राज्जेको होइन / यो गुठियार बेक्ती वा समूह को हो। गुठियारको अगुवाइमा यी गुठियार समुदायले फाइदा लिए बापत ती जग्गा, सम्पत्ति, मठ-मन्दिर र सांस्कृतिक-सामाजिक चलनको दीर्घायु सुनिश्चित गरुन्छ। यो जग्गा मा राज्ज्ये को कुनै हक छैन। किसान को हक छ त मात्र जग्गा मा काम बारे बापत ज्याला / गुठीको जग्गा काम गर्ने किसान ले काम गरेर बापत ज्याला सरुप केहि भाग बालि खान पाएको नै हुन्छ / सरकार लै गुठीको जग्गा लुट्ने अधिकार छैन /तर यी विशेष परम्पराको भाव केवल गुठी प्रथाको मर्म बुझ्नेले मात्र महसुस गर्नसक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here