काठमाडौं । गुठी विधेयक विरुद्ध देशव्यापि आन्दोलन जारी रहेको बेला नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाले संस्कृति बचाएर राख्ने नेवार समुदाय लगायतका समुदायलाई आफ्नाे साथ रहेको बताएका छन् ।
उनले आफ्नाे फेसबुक पेजमा यो कुरा उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘नेवा समुदाय र अन्य समुदाय जजसले नेपालको कला संस्कृति र सम्पदा सम्हालेर संरक्षण गरिराखेका छन्, उहाँहरुलाई हामी सबैको साथ छ ।’

लामाको स्टाटसः

गुठी बिधेयकले तताएको छ नेपाल । यो बिधेयकले प्रश्न उठाएको छ सरकारको काम, कदम र ब्यवहारमाथि। नेवार समुदाय मात्र नभएर सम्पूर्ण अन्य समुदायहरुलाई पनि आतन्कित बनाउन थाली सकेको छ केही समय देखि यो सरकारको काम गतिबिधिले ।

२/३को सरकार हो भनेर जनतालाई पेलेर जान्छौ अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बडेको त होइन ? त्यस्तो चाहिँ नहोस् पनि किनकी जुन दिन नेपाली जनताले सडकमा उत्रेर एक स्वरमा बिरोध गर्छन् त्यति बेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलाई ।

नेवा समुदाय र अन्य समुदाय जजस्ले नेपालको कला संस्कृति र सम्पदालाई सम्हालेर समरक्षण गरिराखेका छन्, वहाहरुलाई हामी सबैको साथ छ । काधमा काध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिनेछौ । तपाइंँहरु एक्लो हुनुहुन्न । सम्पूर्ण नेपाली परिवार तपाइँहरुको साथमा छ ।

त्यसैले फिर्ता लिउ, खारेज गर यो गुठी बिधेयक यदि कला, सम्पदा र संस्कृतिको जगेर्णा गरेर राख्ने हो भने, देशमा शान्ति ल्याउने हो भने ।

गुठी बिधेयकले तताएको छ नेपाल! यो बिधेयकले प्रश्न उठाएको छ सरकारको काम, कदम र ब्यवहार माथी! नेवार समुदाय मात्र नभएर…

Gepostet von Vijay Lama am Samstag, 15. Juni 2019

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here