आज मंगलबजारबाट सुरू भएको नेवार समुदायको राँके जुलुस गा:बहाल, असोक सिनेमा हल हुँदै पुनः मंगलबजारमा आइपुग्यो ।
र,
फेरि युवाहरुको रगत उम्लियो र मंगलबजार, लखनखेल छेउ पुरानो डेरी फ्याक्ट्रीदेखि उकालो कुमारीपाटी हुँदै जावालाखेल, पुल्चोक हुँदै पुनः मंगलबजारमा आएर जुलुस सकियो ।
विशेषतः नेवार युवाहरु तातिएका छन्,

बाहिरबाट आएका बाहुनहरुले नेवारको सर्बस्व लुट्यो भन्ने कुरामा सबै नेवार याेङ जेनेरेशन एकमत छन् ।

मलाई ०४६ सालको आन्दोलनको याद आयो ।
यही ठाउँहरुमा ०४६ सालको आन्दोलन लडिएको थियो ।

०४६ सालमा प्राप्त बहुदललाई बाहुन नेताहरुले कसरी स्वाट्ट आफ्नो पन्जामा लिए,
पार्टी बनाए र त्यो पार्टीमार्फत कसरी नेपालका आदिवासीहरुलाई दास बनाउन सफल भएका छन् भन्ने प्रत्यक्ष देखेको भोगेको नाताले एउटा आगो मनभित्र त्यही ०४६ सालदेखि बलिरहेको छ,

यही अनुभूतिहरुबिच आज पुरानो ठाउँमा चित्त बुझ्ने गरि नारा लगाइयो,
जुलुसमा हिडियो ।

नेवारहरु तातिएको बेला हामी अरु आदिबासीहरु पनि तात्तियौ,
हामिलाई प्रशान्त महासागरको गहिराइमा डुबाउन खोजेको छ यो ओली एन्ड कम्पनीले,
जागौ, उठौ, सडकमा उत्रौ ।

जय नेवा, जय लिम्बुवान, जय १०+१ प्रान्त ।

(नेता कुमार लिङदेनकाे फेसबुकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here