दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले दमकको गणतन्त्र चोकमा गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापन र आदिवासी रंगशाला नाम परिवर्तनको विरुद्धमा सरकारलाई खबरदारी गर्दै कोणसभा गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका उपमहासचिव दिलकुमार लावतीले गुठी विधेयक तत्काल नसचाए देशमा ठूलो क्रान्ति हुने बताएका छन् । त्यसैगरी उनले लोकसेवा आयोगले देशैभरीको लागि विज्ञापन गरेको ९ हजार भन्दा धेरै कर्मचारी आव्हान गरेकोमा आदिवासी, मधेशी, दलित लगायतका समुदायले संविधानले प्रत्याभूत गरेकोभन्दा पनि न्यून संख्या दिएर अपमान गरेको हुँदा त्यसको विरुद्धमा आन्दोलन शुरुभएको वताएका छन् ।

त्यसैगरी आजभन्दा हजारौं बर्ष देखि आदिवासी जनजातिहरुले आफ्नो मृत आत्मालाई समाधी गर्ने समाधीस्थललाई शसस्त्र प्रहरीबल पाथीभराको समन्वयमा आदिवासी जनजाति, सरोकारवाला, राजनैतिक दल र मृतकको आफन्तजन लगायत वृहत भेलाले आदिवासी रंगशाला तथा स्मृति पार्क बनाउने लिखित सम्झौता गरेर बन्न लागेको आदिवासी रंगशालाको नाम परिवर्तन गर्ने सरकारको कदम प्रति भत्र्सना तथा निन्दा गर्दै तत्काल सरकारले नसच्चिएर जस्तोसुकै आन्दोलन गर्न तम्तयार हुन सबै नेता कार्यकर्ता तथा शुभचिन्तकहरुलाई आव्हान गरेका छन् ।

कार्यक्रममा मञ्चका सचिव विष्णु भट्टराई, संघीय विद्यार्थी युनियन लिम्बुवान प्रान्तीय अध्यक्ष मोहन मावो लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम दमक ८ नगरसमितिको कार्यालय देखि दमक गणतन्त्र चोकमा आई कोणसभामा परिणत भएको थियो ।

आजै संघीय विद्यार्थी युनियन झापा जिल्ला समितिको आयोजनामा दमक नगर समितिको कार्यालयमा दुई दिने उद्घोषण तालित तथा राजनैतिक प्रशिक्षण शुभारम्भ भएको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक मञ्चका उपमहासचिव दिलकुमार लावतीले मञ्चको सांगठानिक गतिविधि, आगामी कार्यदिशा र मञ्चको राजनैतिक दर्शन बारे विद्यार्थीहरुलाई प्रष्ट पार्नुभएको थियो ।

त्यसैगरी युनियनका सल्लाहकार गगन लावतीले विद्यार्थीहरु कसरी सक्षम हुने र कसरी अघि बढ्ने बारेमा विद्यार्थीहरुलाई आफ्नो विगतबारे प्रष्ट पारेका थिए । त्यसैगरी विद्यार्थी युनियन प्रान्तीय अध्यक्ष मोहन मावोले संघीय विद्यार्थी युनियन भनेको समानुपातिक शिक्षा, वैज्ञानिक शिक्षा, संघीय शिक्षा र व्यवहारिक शिक्षा कसरी विद्यार्थीमा लागू गरि विद्यार्थीमा आफ्नो खुट्टामा उभिन्नलाई कसरी अगाडि बढ्नु पर्ने बारे प्रशिक्षणको क्रममा विद्यार्थीहरुलाई सक्षम हुन पहिला आफू सक्षम हुने पर्ने बताएका छन् ।

प्रशिक्षण कार्यक्रमका विद्यार्थी युनियन झापा समितिका पदाधिकारी, विभिन्न क्याम्पस इकाईका करिब साठी भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको दोस्रो दिन विद्यार्थीहरुलाई उद्घोषण तालिम दिने जिल्ला अध्यक्ष सागर साम्बाले बताएका छन् ।

आजको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य धनप्रसाद साँवा, मञ्चका दमक नगर अध्यक्ष याम लिम्बुको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नाब्या नेम्बाङ् र कार्यक्रम संचालन विद्यार्थी महिला नेत्री गंगा बेघाले गर्नुभएको थियो । (दिलकुमार लावतीबाट)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here