गुठी विधेयकविरुद्ध निकालिएको राँके जुलुस । तस्बीरः कुमार लिङदेन

काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन र आदिवासी नेता आङकाजी शेर्पा पछिल्लो समय सार्वजनिक मिडियामा अभ्यस्त भएका छन् ।

आदिवासी जनजाति, मधेसी वा उत्पीडित समुदायको आन्दोलनमा सहभागी हुनासाथ लिङदेन र शेर्पाले आफ्नाे फेसबुकबाट कार्यक्रमको लाइभ प्रसारण गर्छन्, तस्बिरहरु पनि लिएर राख्छन् ।

सार्वजनिक मिडिया फेसबुकलाई यी दुई नेताहरुले भरपुर सदुपयोग गरिरहेका छन् ।
गुठी विधेयकविरुद्धमा काठमाडौ उपत्यकाका नेवार लगायत आदिवासी जनजातिहरुले निरन्तर सडक आन्दोलन गर्दै आएका छन् ।
नेता लिङदेन हरेक दिन आन्दोलनमा देखिन्छन् ।

शुक्रबार ललितपुरको पाटनमा उक्त विधेयकविरुद्धको आन्दोलनमा राके जुलुस निकालियो । र उक्त जुुलुसको तस्बिर नेता लिङदेनले आप्mनो फेसबुक पेजमा राखेका छन् । जसलाई उनले ‘एक्स्क्लुसिभ’ भनेका छन् । उनले लिएको तस्बिर व्यवसायिक फोटो पत्रकारको भन्दा कम छैन ।

हामीलाई पनि तस्बिर मन पर्यो । र उनको तस्बिर साभार गरेर जस्ताकाे तस्तै राखेका छाै ।

 

तस्बीर कुमार लिङदेन

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here