मोरङ । मोरङको बेलबारी नगरपालिका-१० राधानगरमा ग्लोबल ईएमइ बैंकको शाखारहित सेवा र सन्सार ज्वलरी एण्ड रेमिटको आज शुक्रबार उद्घाटन भएको छ ।

शाखा रहित ईएमइ बैंकले काउन्टरमार्फत सेवा दिने विराटचौक शाखाको प्रबन्धक क्षितिज खडकाले बताए । बैंकले देशभर १४८ वटा यस्तो शाखारहित सेवा दिदै आएको बताए । बैंकको १४५ शाखा रहेको उनले बताए ।

सन्सार ज्वलरीको प्रोपाइटर खगेन्द्र थेबेको सभापतित्वामा भएको कार्यक्रममा १० नम्बर वडा अध्यक्ष गंगा याक्खा, रबिन थापा लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here