जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाब राउतले अशिक्षालाई समाजिक कुरीतिको जडो बताएका छन् ।

लैंगिक हिंसा, भु्रण हत्या, बालविवाह, दाइजो लगायतका कुरीतिविरुद्ध शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले अशिक्षा हटाउन नसके समाजमा सुधार नहुने तर्क गरे ।

‘समाजिक कुरीतिको मुख्य कारण अशिक्षा रहेको छ’, उनले भने, ‘अशिक्षा हटाउनमा सबैको सामूहिक प्रतिबद्धताको खाँचो छ ’

समाजिक कुरीति उन्मुलन बिना सभ्य समाजको कल्पना गर्न नसकिने जिकिर उनले गरे ।

‘समाजिक कुरीति उन्मुलन गर्न छोरीलाई शिक्षा दिनुपर्छ,’ उनले भने, ‘यो अभियानमा प्रदेश सरकार लागिपरेको छ ।’

छोरी शिक्षित भए समाज शिक्षित हुने भएकोले यसतर्पm सबैको सहयोग अपरिहार्य रहेको उनले बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले समाज सुधारको लागि प्रदेश सरकारले महिला शिक्षामा जोड दिएको बताए ।

महिलालाई शिक्षामा प्रोत्साहित गर्नको लागि आउदो आर्थिक वर्षदेखि कक्षा १ देखि कक्षा ८ सम्मका बालिकालाई मासिक पाँच सय रुपैयाँ दिने योजना ल्याउन लागेको मुख्यमन्त्री राउतले बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला विरुद्धको हिंसा उन्मुलन गर्नको लागि निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिइन् ।
समाजिक विकृति, विसंगतिलाई अन्त्य गर्ने जिम्मेवारी अब जनप्रतिनिधिमाथि आएको उनले बताइन् ।

कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here