काठमाडाैं । ११ बिद्यार्थी संगठनले लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएकोले तत्काल स्थगन गरी संविधानबमाेजिम विज्ञापन गर्न माग गरेका छन् ।

बुधबार लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई भेटेर संयुक्त ज्ञापनपत्र बुझाउँदै उक्त माग गरिएकाे हाे । उनीहरूले बिज्ञापन नसच्याए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा लाेकसेवाले नै लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

संविधानमा सबै जाती, लिङ्ग, भाषा, संस्कृति र भूगोललाई संवोधन गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने कल्पना गरेकाे र साेही अनुसार विज्ञापन हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

बिज्ञापन नसच्याए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा लाेकसेवाले नै लिनुपर्ने चेतावनी दिइएकाे छ ।

राष्ट्रिय विद्यार्थी संघ महासचिव रञ्जित निष्पक्ष, नेपाल बिद्यार्थी संघका अध्यक्ष श्यामबाबु गौतम, समाजवादी बिद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाह, समाजवादी बिद्यार्थी फोरमका अध्यक्ष विवेक राई, अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अनेरास्ववीयु (पौचौं) का अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल, अनेवियुका अध्यक्ष प्रविन मिश्र, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्याल र नेपाल आदीबासी जनजाती बिद्यार्थी महासंघका अध्यक्ष दुजाङ्ग शेर्पाले ज्ञापनपत्र बुझाएका हुन् ।

1 COMMENT

  1. नेपाल बिध्यार्थी संघ को अध्यक्ष श्याम बाबू कहिले देखि भयो???

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here