सांसद विजय सुब्बाको जो बजारमा चर्चा छ । पहिचानविरोधी, बाहुनवादी राज्यसत्ताको पृष्ठपोषण गर्ने कित्तामा उभिएको राजनीतिक दलको सांसद भएपछि नुनको सोझो गर्न, उत्पीडित समुदाय र जातिको विरुद्धमा (आरक्षणको विरुद्ध बोल्नु) लठैत भएर लाग्नु उनको धर्म हो । सायद सांसद पदको सौदाबाजी त्यस्तै भूमिका निर्वाह गर्नेमा भएको पनि हुनसक्छ ।

विगतमा उनले आदिवासी जनजातिको पक्षमा केही नीतिगत तहमा काम गरे । अहिले उनी चौखुरिए । उत्पीडनको विरुद्धमा उभिएर यति कुरुप चरित्र देखाउनुहुँदैनथ्यो भन्ने मात्र हो ।

उनको के कुरा गर्नु आदिवासी जनजातिको अधिकारको संरक्षण गर्छु भनेर स्थापित संस्था नेपाल आदिवासी जनजाति महासंघको तत्कालीन अध्यक्ष नगेन्द्र कुमाल र महासचिव पेम्बा भोटेले नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट संविधानसभाको सांसद बनेपछि संविधान निर्माण गर्नेजस्तो गम्भीर विषयमा आदिवासी जनजातिको तर्फबाट संशोधन प्रस्ताव हाले, पछि पार्टीको दबाबमा चुपचाप संशोधन प्रस्ताव फिर्ता लिए ।

विजय सुब्बाकाे के कुरा गर्ने जातीय संस्थाहरूमै पहिचानविराेधीका दलाल छन्

संविधानमा आदिवासी जनजातिको असहमति छैन भन्ने कुरा दर्ज गरे । इतिहासले पाठ सिकाएको कुरा के हो भने हिन्दु वर्ण व्यवस्थालाई मुल मन्त्र मान्ने, पहिचान विरोधी पार्टीलाई जिताएपछि आरक्षण मास्ने, गुठी खोस्ने काम हुनु स्वभाविक हुन्छ ।

त्यसैले त्यस्ताे हिन्दू वर्णाश्रमी जातीवादी पार्टीको नेता हुने, भोट दिने अनि पहिचान पाइएन, हेपियो भनेर कुरा गर्ने उत्पीडित समुदायका मानिसहरु सबैभन्दा धोकेवाज हुन् । त्यस्तो प्रकृतिका मानिसहरु अहिले पनि आदिवासी जनजातीय संघसस्थामा यत्रतत्र छन् ।

आदिवासी जनजातिलाई भोट बैंक बनाएर अल्मल्याउने पार्टीको नीति अनरुप उनीहरु परिचालित छन् । तिनीहरु आदिवासी जनजाति आन्दोलनका सारथी होइनन् । सत्ताका जासुश र दलालमात्र हुनसक्ने इतिहासले पुष्टि गरिसक्यो ।

साचो रुपमा आदिवासी जनजाति आन्दोलन अगाडि बढ्यो भने ती मानिसहरु भोलिदेखि आन्दोलनको मोर्चामा देखिदैनन् । यस्ता नक्कली नेता होइन, सक्कली नेताहरुलाई अगाडि बढाउन सबै आदिवासी जनजाति अगुवा, संघ संस्थाहरु तयार हुनुपर्ने देखिन्छ ।

राम मादेनकाे फेसबुक वालबाट ।

राम मादेन

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here