धरान । सरकारले संसदमा प्रस्तुत गरेको गुठी सम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै धरानमा पनि प्रदर्शन गरिएको छ ।

गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी जिल्ला समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

तस्बीरः अमर इजम

सो क्रममा धरान–१० स्थित लोकपथदेखि भानुचोकसम्म ¥याली गरिएको थियो ।

भानुचोकमा कोणसभा गरिएको थियो । जसमा पार्टीका उपाध्यक्ष चन्द्र खापुङ, महासचिव अशोक चेम्जोङ, सुनसरी जिल्ला सहइन्चार्ज पूर्णकला लिम्बु, जिल्ला अध्यक्ष अमर इजम, नगर अध्यया सञ्जुहाङ सावा, महिला संगठनको जिल्ला अध्यक्ष सरस्वती सुब्बा लगायतले सम्बोधन गरेका थिए ।


गुठी खारेजीका लागि काठमाडौं उपत्यकामा भइरहेको आन्दोलनमा पनि मञ्चको सहभागिता रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here