इटहरी । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आर्चायलाई बाल सद्भावना दुत घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमको विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले बाल सद्भावना दुत घोषणा गरेकी हुन् ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरेका थिए ।
कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिइन् ।

उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे ।

बाल गायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सपोर्ट र मायाप्रति धन्यवाद दिए ।

सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर बिदाई गरेका थिए ।

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटी सो सारेगम लिटिल च्याम्समा तेस्रो भएर भर्खर इटहरी फर्किएका हुन् ।

प्रितमले बाल सद्भावना दुत घोषणा कार्यक्रममा देशले रगत मागे मलाई बलि चढाउ बोलको गाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here