ललितपुर । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामश्रय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी स्थायी घर भई हाल ललितपुरमा बस्नै आएका यादवलाई मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

यादवले कक्षा १२ मा पढ्ने १८ वर्षीय आप्mनो छोरीलाई पटक पटक जबरजस्ती करणी गर्दै आएको बताइएको छ ।
प्रहरीमा जबरजस्ती करणीको उजुरी परेपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यादवमाथि अनुसन्धान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here