तस्बिर साभारः टुडेपाटी

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको विज्ञापन सच्याउन आफू भूमिका खेल्ने बताएका छन् ।

‘तराई मधेस राष्ट्रिय परिषद’का प्रतिनिधिहरुले अध्यक्ष दाहाललाई भेटर लोक सेवाको विज्ञापनबारे ध्यानाकर्षण गराएको बेला दाहालले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले लोक सेवाको विज्ञापन कानुन बमोजिम नरहेकोले उक्त विज्ञापन सच्याउनका लागि आपूmले सकारात्मक भूमिका खेल्ने प्रतिवद्धता जनाएको परिषदका प्रतिनिधि सरोज रायले बताए ।

राय सामाजिक अभियान्ता पनि हुन् । रायका साथै परिषदका संयोजक सिएन थारु, अभिवक्त विकास ठाकुर, संयुक्त विद्यार्थी संघर्ष समितिको तर्पmबाट संयोजक देवनारायण यादव लगायतले दाहाललाई उनकै निवासमा भेटेका हुन् ।
ध्यानाकर्षणपत्रमा लोक सेवाको विज्ञापन संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तविपरीत रहेको उल्लेख छ । उक्त विज्ञापन तत्काल खारेज गरी संविधानको मर्म र भावना अनुसार विज्ञापन निकाल्नुपर्ने माग राखिएको छ ।

हाल उक्त विज्ञापनलाई उत्पीडित समुदाय अगुवाहरुले विरोध गरिरहेको छ । नेपाल आदिवासी जनजाति महासंघ र मधेसी समुदायको प्रतिनिधिमूलक संस्थाहरुले आन्दोलन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here