काठमाडौं । पुलको शिलान्यास गर्न स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सोही खोलामा गाडीसहित डुबेपछि उनको उक्त तस्बिर भाइरल भएको छ ।

अर्जुनपौचारी–३स्थित सहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा बा२झ ४०२९ नम्बरको मन्त्री महासेठको गाडी खोलामा एकतर्फ डुबेको थियो ।
खोला तर्दै गर्दा गाडी डुबेपछि मन्त्रीका सुरक्षाकर्मीहरुले मन्त्री महासेठलाई हतारहतार गाडीबाट बाहिर निकालेका थिए ।
मन्त्रीका कपडा सबै भिजेको थियो ।
मन्त्रीको उक्त गाडी भने जेसिबीको प्रयोग गरी बाहिर निकालिएको थियो ।

नेपालमा सडक पुलजस्ता महत्वपूर्ण योजना प्रायः निर्धारित समयमा सकिदैन । निर्माण कम्पनीको लापरबाही हुने गरेको छ, जसमा सरकारी निकायबाट आवश्यक अनुगमन नहुने, लापरबाही गर्ने ठेकदारमाथि पनि कारबाही नहुने थुप्रै उदाहरण छन् ।

पुल नहुँदा खोलाबाटै गाडी हिड्ने गरेको छ । बेलाबेला खोलाले गाडी बगाएका छन् । तर यातायातमन्त्री नै त्यसको शिकार भएपछि अब उनले सडक पुलहरु समयमै निर्माण गर्ने पक्षमा केही गर्ला कि ? भन्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here