यो पुल भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोलाको निर्माणाधीन पुल हो, जुन यसै आर्थिक वर्षमा निर्माण पूरा हुने बताइएको छ ।

खोटाङ । खोटाङमा आगामी आर्थिक वर्ष २०७६÷०७७ मा ६ वटा सडक पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
बजेट विनियोजन गरिएको पुलहरु यस प्रकार छन् ।

१ लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको कुनइ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाट ख्रोप्पास्थित सुनकोसी पुल ।
२ ओखलढुंगाको तलुवा र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले जोड्ने पुल ।
३ उदयपुरको चौडन्दी नगरपालिकाको छुईला र खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने बंशिलाघाट पुल ।

४ दिप्सुङ र बाक्सिला जोड्ने पुल ।
५ बाम्राङ र बुइपा जोड्ने दिखुवा खोला पुल ।
६ चिसापानी र खोटाङ बजार जोड्ने सावाखोला पुल ।

माथिका पहिलो तीन वटा पुल निर्माणका लागि डेढ–डेढ करोडको दरले बजेट विनियोजन गरिएको छ । अन्य पुल स्थानीय खोलामा लगाइने पुल हुन् । जसका लागि एकमुष्ट बजेट छुट्याइएको छ ।

स्थानीय पुलको बजेट स्थानीय पूर्वाधार विभाग (डोली)को अनुदानबाट बन्नेछ । जुन प्रदेश नं १ सरकार अन्तर्गत रहेको छ ।

पुल, सडक, खानेपानी, सिँचाई, पर्यटन, कृषि तथा पशु लगायतका विकासे योजनामा जिल्लाका लागि संघीय सरकारबाट करिब साँढे ८ अर्व विनियोजन गरिएको छ ।

सडकतर्फ
सडकतर्फ सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जोड्ने सगरमाथा स्वर्ण चक्रपथ, अर्खौले–सल्ले–महादेवबेँसी सडक, दिक्तेल–खोटाङ बजार सडक, दिक्तेल–रेग्मीटार सडक, धाप्लाङ–ऐसेलुखर्क सडक तथा पामाखामभञ्ज्याङदेखि खोटाङबजार सडक निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ ।

पर्यटनतर्फ
पर्यटनतर्फ निम्न योजनाका लागि बजेट विनियोजन गरिएको छ ।
पर्यटनतर्फ हलेसी महादेव विकास समितिसँगको साझेदारीमा पुर्वाधार विकासका लागि ८० लाख,
बराहपोखरीको पुर्वाधार विकासका लागि ५० लाख,
ऐसेलुखर्कदेखि धर्माडाँडा घ्याङखर्क सगरमाथा मकालु बेस क्याम्प पदमार्ग निर्माणका लागि २५ लाख,
धिप्लुङ झरनाको पर्यटन पुर्वाधार विकासका लागि २० लाख,
केपीलासगढीको बहानेपोखरीका लागि २० लाख,
सेल्मे कपासे पर्यटन पुर्वाधारका लागि २० लाख,
जालपा सर्स भुमेस्थानका लागि २० लाख,
हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको चिचिङ्गास्थित किराती संस्कृति प्रवद्र्धनका लागि २० लाख,
हलेसी तुवाचुङ नगरपालिकाकै सल्लेस्थित भीमसेन स्थानका लागि १५ लाख ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here