देवानन्द ठाकुर

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा गाउँपालिकास्तरीय खाद्य तथा पाेषण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएकाे छ ।

साेमबार गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीको संचालन र सुआहारा कार्यक्रमका जिल्ला संयोजक लबहरि बुढाथोकीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हाे ।

गाउँपालिकाभित्र पोषणको अवस्थाबारे फिल्ड संयोजक मन्टु कोरीले प्रकाश पारेका थिए ।

आगामी दिनमा पोषण कार्यक्रमलाई प्राथमिकताका साथ कार्यक्रम बनाउने समेत निर्णय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here