खोटाङ । खोटाङस्थित साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि आगामी असार ७ गतेभित्रमा सबै वडाबाट योजना तथा कार्यक्रमहरु संकलन गसिक्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले सोमबार सूचना प्रकाशन गरी आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमको छनोट प्रक्रियामा सहभागी गाउँपालिकाबासीमा आग्रह गरेका छन् ।

असार ७ गतेसम्ममा गाउँपालिकाको पाँच वटै वडाबाट योजना छनोट सम्बन्धी जनताको माग र सुझाव संकलन गरी अन्तिम टुंगो लगाइने भएकोले उक्त प्रक्रियामा सहभागिता जनाउन राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, टोल विकास संस्था, बुद्धिजीवी, नागरिक समाज तथा आम जनसमुदायमा अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here