जनकपुरधाम । थारु कल्याणकारी सभा एवम् थरुहट थारुवान सँयुक्त सँघर्ष समितिले प्रदेश नं २ को नाम थरुहट-थारुवान राख्नुपर्ने माग गरेकाे छ ।

समितिका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुझाएको ९ बुँदे ज्ञापनपत्रमा उक्त कुरा उल्लेख छ । ज्ञापनपत्रमा पर्सादेखि झापासम्मको भूभाग सिमाँकन गरी स्वायत थरुहट थारुवान प्रदेश नामाकरण गरिनुपर्ने उल्लेख छ ।

त्यस्तै, प्रदेश नं २ मा थारु भाषालाई सरकारी कामकाज र पठन पाठनको भाषाको रुपमा मान्यता दिनुपर्ने उल्लेख गरिएको छ । प्रदेशका विभिन्न अंग, निकाय तथा तहमा थारुहरुलाई समानुपातिक समावेशी प्रतिनिधित्व गराउनुपर्ने समितिकाे माग छ ।

प्रदेश नं २ सरकारद्धारा प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा आदिवासी थारुहरुको जनसंख्याका आधारमा प्रतिशत नछुट्याएकाे भन्दै गम्भीर आपत्ति समेत प्रकट गरिएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here