नन्दकुमार चाम्लिङ राई

नेपाल एक सुन्दर भूमि भएको किरात देश हो । धर्म, संस्कृति, भाषाले सजिएको देश नेपाल हो । १२५ जाती भएका र १२३ भाषा भएका धर्म र संस्कृतिमा धनी देश हाे नेपाल ।

१२५ जातिमा राई जाति धर्म, संस्कृति, भाषामा एक धनी जाति हो । २७ थरीका राई जातिहरु छन् । २५ थरीका राई भाषाहरु अझै पनि जिवीत छन् । नेपाल राज्यले १२५ जाति भएका बहुजाति, बहुभाषी, बहुसंस्कृति भएका भूमिपुत्रहरुलाई चिन्ने प्रयास गरेन । धर्म, भाषा, संस्कार, लिपिहरुलाई राज्यले चिन्ने प्रयास गरेन । बचाउने भन्दा नाश गर्नेतिर लाग्याे राज्य ।

एकल शासन, एकल धर्म, एक भाषा, हिन्दु धर्म मान्ने बाध्य बनाए । राई जातिमा धर्म, संस्कृति, कुल पुजा गर्न प्रतिवन्ध लगाए । राणा शाषकले किराती (राई)हरुको साकेला भूमि पुजा गर्न रोक लगाए । किराती(राई)हरुको ढोल- झ्याम्टा खोलामा प्रहरीको भेष (पोसाक) लगाएर गाउँगाउँमा आएर फाल्न लगाए ।

नन्दकुमार चाम्लिङ राई

किरात राईहरुलाई फाल्न बाध्य बनाए । राई जातिको साकेला भनेको भगवान(माङ) देवी देउतालाई फालेर फालिन्छ र ?किराती (राई) हरुले साकेला धर्म किनेर ल्याएको धर्म होइन । चोरेर ल्याएको अर्काको धर्म होइन। माङ सत्य हो । सत्य छ ।

राई जाति प्राकृतिक भूमिपुजक हो । आज साकेला गाउँगाउँमा, टोलटोलमा पुजा गर्दै मान्दै आएका छौं । राई दाजुभाइ, आमाबुबा, छोरीचेली, नानीहरुलाई के भन्न चाहन्छु भने आफ्नो धर्म, संस्कृति भाषा, भेषभुषा बचाउने प्रयास गरौ ।किरात राई जातिमा आफ्नो परम्परा धर्म, संस्कृति, कर्मकाण्ड, थर, गाेत्र, पुस्तावली, लिखितमा नभएको कारण विश्वास गरिदैन ।

राणा शाषकहरुले राईहरुको धर्म, संस्कृति, लिपि नाश गरिदियो । खोलामा बगाइ दिए । आगोमा जलाइ दिए । केही काठ्माडाै सिंहदरबारमा लगेर राखे । आदिवासीहरुको धर्म, संस्कृति किरात राजाहरुको पुस्तावलीहरु लिखितमा भएको किरात राईहरुले चाल पाउँछन् भने विस २०३० सालमा सिंहदरबारमा आगो लगाइ नष्ट गरी दिए ।

इटालीको विद्वान मेक्याबेलिया र मे जिनिले जाती वा शत्रुलाई नाश गर्नु, मेटाउनु छ भने त्यसको धर्म, संस्कृति, भाषा, लिपि मेटाइ देउ सदाको लागि संसारबाट नै मेटिएर जानेछ भनेका छन् । अपवादमा रुपमा छ किरात सभ्यता जुन राज्य नै लाग्दा पनि सिध्याउन सकेन ।

त्यसैले भन्न सकिन्छ कि किरात राईहरु कहिल्यै मेटिने छैन । किराती राई जातिहरुलाई दुवोको झार भन्छन् । जाति, दुवो झार जति नाश गरे पनि नाश हुँदैन, हुनु पनि हुँदैन ।

2 COMMENTS

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here