काठमाडौं । भारतीय टेलिभिजनको रियालिटी शो ‘डिआईडी लिटल मास्टर सिजन–३’ र झलक दिखला जा सिजन–९’ का विजेता तेरिया मगरको घर रुपन्देहीको रुद्रपुर हो ।

१२ अगष्ट २००३ मा जन्मिएकी तेरियाले भारतमा चलिरहेको डान्स रियालिटी शोको उपाधि पाएपछि सारा नेपालीहरुले गौरवको अनुभूति गरेका थिए ।

५ फिट ३ इन्च अग्ली तेरिया मगर सफल तथा चर्चित नृत्यकारमात्रै नभएर उनी गायिका पनि हुन् । उनी निकै राम्री पनि छन् ।

उनले ‘तिम्रो मायाले बाँधेर राख’ बोलको कभर गीत पहिलाे पटक गाएकी छन् । जुन गीत युट्युबमा २३ लाख भन्दा बढीले हेरेका छन् ।

उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनका फलाेअर तथा फ्यानहरू धेरै छन् ।

हामीले उनको इन्स्टाग्रामबाट केही तस्बिर राखेका छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here