काठमाडौं । इटहरीका मेयर द्वारिकलाल चौधरीबाट नाक भाच्ने धम्की पाएका स्थानीय पत्रकार विराट अनुपम लिम्बुवान विरोधी रहेको पाइएको छ । अधिवक्ता शंकर लिम्बूले यो कुरा खुलासा गरेका हुन् ।

विराट अनुपमले ‘लिम्बुवान राष्ट्र विखण्डनकारी विषय हो’ भन्दै अदालतमा रेकर्ड रहने गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको लिम्बूले उल्लेख गरेका छन् । उनले याे कुरा फेसबुकमा उल्लेख गरेका हुन् ।

अधिवक्ता लिम्बूको भनाइः

लिम्बू समुदाय हिंसा गर्ने र लिम्बुवान राष्ट विखण्डनकारी विषय हो भनी अदालतमा नै रेकर्ड रहने गरी पत्रकार विराट अनुपमले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।

अनावश्यक रुपमा लिम्बुवानको विषयलाई जोडेर प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालाई पदबाट हटाउनका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । त्यस रिटमा विराट अनुपमले फेसबुकमा प्रकाशित सामाग्रीहरुलाई रिट निवेदकलाई उपलब्ध गराएको थियो । हाल उक्त मुद्दा विचाराधिन छ ।

तर विराट अनुपमले काठमार्डौ जिल्ला अदालतमा भवानी बराल विरुद्ध गाली बेइज्जदी मुद्दा दायर गर्दा माथि उल्लिखित विषय जोडिदिए प्रमाण नै विना । त्यस मुद्दाको सिधा अर्थ पुस्तौंसम्म लिम्बु समुदाय हिंस्रक र लिम्बुवानको एजेण्डा राजद्रोह र राष्ट्रघात भन्ने अदालतबाटै प्रमाणित हुने गम्भीर अवस्था थियो ।

तात्कालिन किचाचुका अध्यक्ष उत्तम थाडदेनसँग यस विषयमा छलफल हुँदा विषय गम्भीरतालाई मध्यनजर गर्दै तुरुन्त समुदायको विरुद्धमा आएको विषयमा मुद्दा गरी विराटहरुको षडयन्त्रलाई समाप्त पार्ने कुरा भएको थियो । अन्ततः उपाध्यक्ष कमल तिगेलाको नामबाट यस विषयलाई लिई विराट अनुपम विरुद्ध यस मुद्दालाई अदालतमा रेकर्ड नै नरहने गरी खारेज गर्नुपर्ने मागदाबी सहित अदालनतमा गाली बेइज्जदी मुद्दा दायर भयो ।

यही कारण काठमाडौं जिल्ला अदालतबाट विराट अनुपमको दाबी नठहर्ने फैसला भएको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ । यसबाट विराट अनुपमजी पत्रकारिताको आडमा नश्लीय विचार (Racist Propaganda) फैलाउने काममा लाग्नु हुन्छ भन्ने देखिएको छ ।

विराट अनुपमजीहरुलाई प्रश्न छ । इतिहास पढ्नुस् आफ्ना सार्वभौम मुलुक लिम्बुवानसँग कैयौं पटकका लडाईंमा पृथ्वीनारायण शाह हराइदिएका हुन् । पृथ्वीनारायण शाहले लिम्बुहरुलाई साबिकको अधिकार सबै उपभोग गर्न पाउने, हामी मिलेर ठूलो देश बनाउँ भनेर एकतर्फी प्रस्ताव गर्दा सहमत भई १८३१ श्रावणमा सन्धि भएको होइन ? आफ्नो स्वतन्त्र मुलुक समेत जोडेर यो ठूलो मुलुक बनाउन लिम्बुवानको इतिहास कसरी विखण्डनबादी हुन्छ ? लडाईंमा जित्दाजित्दै सम्झौतामा जाने लिम्बुहरु कसरी हिंसाप्रेमी हुन्छ ?

अनि उत्पीडनको विरुद्धमा आगो ओकल्ने र लिम्बुवानको तथ्य बोल्न ४० बर्षदेखि अविछिन्न पत्रकारिता गर्ने भवानी बराल कसरी अयोग्य हुन्छ ? कि मिडिया स्टण्ड गर्नेहरुमात्र पत्रकार बन्छन् ? अन्यायको विरुद्धमा बोल्नेहरु जहिले पनि प्रताडित नै हुनुपर्ने ?

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here