दुबई । मुसलमानहरुको महान चाड रमदानको अवसर पारेर संघीय लिम्बुवान मन्च समाज युएईले आयोजना गरेको युएई ब्यापी वन डे एकदिने नेपाली फुटबल टुर्नामेन्ट दुबाई शहरको अलकोज डलस्को फुटबल खेल मैदानमा भब्यताका साथ सफल सम्पन्न भएको छ ।

उक्त खेलको फाइनल लमजुङ फुटबल क्लबले हिपात फुटबल क्लबलाइ १  बिरुद्द २ गोल ले गरेर बिजय हासिल गरेको छ। प्रथम पुरस्कार ५,००० धिराम नगद राशिका साथ प्रमाण पत्र कप र मेडलहरु तथा दीतीय पुरस्कार हिपात फुटबल क्लबलाई पुरस्कार ३,५०० धिराम नगद राशिका साथ प्रमाणपत्र, कप र मेडलहरु संघिय लिम्बुवान मन्च समाज युएईका अधक्क्ष्य श्री लासहांग निङ्ग्लेकु ज्यूले प्रदान गर्नु भएको छ ।

उक्त खेलमा सयपत्री रेष्टुरेन्टले स्पोंसोर गरेको थियो भने सहभागी टिमहरुमा

(१) कास्की आदर्स सेवा समाज फुटबल क्लब (२) हिपात फुटबल क्लब (३) संघिय लिम्बुवान मन्च समाज फुटबल क्लब (४) ईलाईट फुटबल क्लब (५) न्यु ब्याईज फुटबल क्लब (६) माउट ऐभ्रेष्ट फुटबल क्लब (७) लमजुङ फुटबल क्लब (८) युनाइटेड स्टार फुटबल क्लब (९) रसलखैमा फुटबल क्लब (१०) गोरखा 11 फुटबल क्लब (११) आईएनसी पार्को कमिटी फुटबल क्लब (१२) नेपाली टाइगर फुटबल क्लब (१३) रुपनादेहही 11 फुटबल क्लब (१४) एएनएफसी (१५) एनएसजी  राक  (१६) एमएम एफसी (१७) गोर्खाली एफसि क्लब रहेका थिए ।

विजेता लम्जुङ समाज यु.ए.ई का टिम क्याप्टेन तारा गुरुङले बिदेशमा पनि आफ्नो जिल्लाको प्रतिनिधित्व गरेर समाजलाई जित दिलाउन सफल भएकोमा गौरन्वबित महसुस भएको भन्दै सबै खेलाडी र ब्यबस्थापकहरुलाई धन्यबाद सहित युवाहरुलाई समाजले खेलकुदको माध्यमबाट अब सजिलै जोडेर लान सकिने बताउनु भयो ।

लमजुङ समाज युएईले छिटोभन्दा छिटो एउटा छुट्टै लमजुङ एफसि टिम तयार गरि युएई मा एउटा नमूना क्लब को रुप मा विकसित गरि लमजुङ समाज युएईले संस्था र जिल्लाको नाम लाई बिश्वभरी चिनाउनेको लागी पनि थप टेवा मिल्ने छ यसको लागि तुरुन्तै खेलाडी हरुलाई हौसला बढाउन लाई दुई जोर खेलाडी पोशाक बनाउने तयारीमा समेत रहेको संरक्षक सदस्यहरु अर्जुन बहादुर गौली र मुक्ति गुरुङ ले जानकारी दिनु भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here