काठमाडौं । प्रकाश सपुतले गाएको गलबन्दी बोलको गीत कपी भएको पाइएको छ । यो गीतको भाका वरिष्ठ गायक तथा पूर्वेली लोक गायक शम्भु राईको गीतको भाकासँग हुबहु मिलेको पाइएको छ ।

तर प्रकाश सपुतले गीत कपी गर्ने नियत नै राखेर गीत बनाएका हुन् कि हैनन् ? भन्ने विषय प्रष्ट भएको छैन ।
हाल यसबारे अनुसन्धान भइरहेको बताइएको छ । र केही दिनपछि नै सरोकारवालाले वास्तविकता बाहिर ल्याउने तयारी गरेका छन् ।

गलबन्दी बोलको गीत अहिले सर्वाधिक लोकप्रिय बनेको छ । युट्युबमा पनि यो गीत ट्रेन्डिङ १ मा रहँदै आएको छ ।
७ मिलियन भन्दा बढीले यो गीत हेरिसकेका छन् ।

गीतभित्र विभिन्न गाउले मानिसहरुको डाइलग राखिएकाले पनि गीत हास्यप्रधान पनि छ । तर गीतको भाका भने पूर्वेली लोक गीतसँग मिलेको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here