काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईका कान्छा छोरा अनुराग राई अमेरिकाबाट दिक्षित भएका छन् ।
अनुरागले अमेरिकाको ‘म्यासेच्युटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)’बाट इलेक्ट्रिकल इन्जिनियरिङ तथा कम्युटर साइन्समा पिएचडी गरेका हुन् ।

अमेरिकाको औद्योगिक क्रान्ति र विकासको क्षेत्रमा एमआइटीले दक्ष जनशक्ति उत्पादन गर्दैै आएको छ ।

बिहीबार दिक्षान्त समारोह आयोजना गरिएको थियो । जसमा नेता राई श्रीमती सुशीला श्रेष्ठसहित सहभागी भए ।
समाजवादी पार्टीकी नेतृ समेत रहेकी श्रेष्ठले आप्mनो छोरा दिक्षित भएको तस्बिर फेसबुकमा राखेकी छन् ।

नेता राई केही दिनअघि मात्रै एक महिनाका लागि अमेरिका प्रस्थान गरेका थिए ।

 

अनुराग राई
दुवै छाेरा (जेठाे उज्वल राई) र परिवारका साथ अशाेक राई

 

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here