सिक्किममा पवन चाम्लिङले हार्नुको मुख्य २ कारण रहेछन् ।

१. आन्तरिक राष्ट्रबादः

अर्थात ओर्जिनल सिक्किमे बाहेक अप्रबासी सबैलाई हटाउने भन्ने नारा जसले गर्दा नेपाल दार्जिलिङ भुटान म्यानमार आदि इत्यादिबाट गएर गरी खाएकाहरुले भोट दिएनन् र नयाँ दिल्ली पनि चाहँदैन कि सिक्किम आन्तरिक राष्ट्रियतामा दह्राे होस् र भोलि स्वतन्त्रताको लागि लडोस् ।

२. हुक्के बैठकेहरुको हालिमुहालीः

आफ्नै कार्यकर्ताहरुको भरोसामा चाम्लिङ अल्मलिए । जस्तै निक्कै राम्रा राम्रा कार्यक्रमहरु त ल्याए । तर कार्यान्वयनको पाटोमा आफ्नै कार्यर्ताहरुले सर्बसाधारणलाई छलेर खाएको उनलाई पत्तै भएन ।

यी माथिका दुईटै बुँदाहरु नेपालको सन्दर्भमा गतिलो पाठ बन्दछ । १ नम्बर बुँदा अन्तर्गत भन्नुपर्दा आज जसरी नागरिकता बाडिदैछ त्यसले राष्ट्रियतामा पक्कै प्रश्न उठाउने छ । २ नम्बर बुँदा अन्तर्गत त भनिरहनु पर्ला र ? हुक्के बैठकेहरुको घेराबन्दीमा केपी कमरेड कसरी घेरिएका छन् त्यो जगले देखेकै छ नि ।

(याे फेसबुकमा राखिएकाे टिप्पणी शिव राईकाे हाे)

1 COMMENT

  1. Ek Number Buda chahi man gadhante lagyo ra 2 no ma aadha saty chha aadha jhut.. .kati jana swarthee sadasya harule sit napayeko ma party lai nasaghayera aru lai bhot diye tesko badla aba ,Uni haru le bhutla pani paune chhainan..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here