काठमाडौं । नेकपाका सांसद योगेश भट्टराईले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेका छन् ।

नेता भट्टराईले मेयर चौधरीको पछिल्लो व्यवहार उनको पदीय जिम्मेवारी, राजनीतिक उचाइ र नेकपाको कार्यकर्ताको रुपमा नसुहाउने बताएका हुन् ।

भट्टराईले ट्वीट गर्दै मेयर चौधरीलाई आफ्नाे भनाइप्रति सार्वजनिक रुपमा आत्मआलोचना गर्न र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन ध्यानाकर्षण गराएका छन् ।

केही समयअघि स्थानीय एक पत्रकारलाई बायस हुने पत्रकारलाई लोपारी नै दिन्छु भन्दै मेयर चौधरीले लोपारेका थिए भने हाल फेरि एकजना पत्रकारलाई नाकको हड्डी भाचिदिने धम्की दिएका छन् ।

मेयरजस्तो व्यक्तिले पत्रकारमाथि बारम्बार दुव्र्यवहार र त्रास देखाएपछि नेपाल पत्रकार महासंघ सुनसरीको पनि विरोध जनाएको छ ।

हाल मेयर चौधरीको विरोध सर्वत्र भइरहेको छ ।

उनको इमान्दारिताको तारिफ गरिए पनि कार्यशैली दादागिरी जस्तै भएको भन्दै टिप्पणी गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here