तस्बिरः नागरिक दैनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुको उच्च हिमाली क्षेत्र पाटन गएकी छन् ।

आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन् ।

२०७५ वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीले विद्यालय भर्ना अभियानको अवसर पारेर ८ वर्षीया लामालाई कक्षा १ मा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए ।

लामाको अभिभावकत्व प्रधानमन्त्री ओलीले लिएपछि उनको पठनपाठन तथा दैनिक दिनचर्यामा परिवर्तन आउने अपेक्षा उनका आफन्त र छिमेकीले लिएका थिए । तर लामाले एक कक्षामा राम्रै नतिजा ल्याएर दुई कक्षामा पुगेको एक महिनामै थप खर्च जुटाउनुपर्ने बाध्यता आएको हो ।

यो समाचार आजको नागरिक दैनिकमा सुमन मल्ले लेखेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here