खोटाङ- सिम्ले माविलाई झन्डै बाह्र लाख बराबरको सोलार बत्ति तथा कम्प्युटर, प्रिन्टर प्राप्त भएको छ | ऐसेलुखर्क गाउपालिका वडा न.५ महेश्वरीका बुद्धिजीवि तथा समाजसेवी मुगाधन पुरीको सहकार्यमा जर्मन संस्था फर्डरक्रेइट्स द्वारा सिम्ले मावि लाई ८ वटा कम्प्युटर सहित २५६० वाटको सोलार प्राप्त भएको हो |

बुद्धिजीवि तथा समाजसेवी मुगाधन पुरी

११ लाख ३८ हजार १७५ रुपैयाँ बराबरको सोलार बत्ति तथा कम्प्युटर प्रिन्टर सहयोग प्राप्त भएको श्री सिम्ले माविका प्रधानाध्यापक निर कुमार कट्टेलले उज्यालो मिडियालाई जानकारी दिनु भयो |

सहयोग पुर्याउनु हुने मुगाधन पुरी तथा सहयोगी संस्था प्रति राखिएको बधाई तथा सुभकामना कार्यक्रम धन्यवाद प्रकट गर्दै यस प्राप्त कम्प्युटर बाट कक्षा ६ देखि १० सम्मको विद्यार्थीले प्रत्यक्ष रुपमा कम्प्युटर शिक्षा प्राप्त गर्ने छन् भने स्कुलको प्रश्नपत्र बनाउन देखि हरेक कार्यमा सोलार बत्ति , कम्प्युटर तथा प्रिन्टर निकै उपयोगी रहने प्र.अ निर कुमार कट्टेलले बताउनु भयो, यद्दपी दक्ष कम्प्युटर शिक्षकको आवश्यकता खड्किएको छ, कट्टेलले भन्नु भयो |

बुद्धिजीवि तथा समाजसेवी मुगाधन पुरीलाइ उपहार मायाको चिनो हस्तातरण गर्दै सिम्ले मावि प्र अ तथा वि.व्या.स. अध्यक्ष पर्शु राम राई

सहयोग स्वरूप प्राप्त समानको सहि सदुपयोग तथा सरक्षण गर्नु आवश्यक रहेको विद्यालय व्यबस्थापन समिति सल्लाकार सदश्य सुरवीर राईले बताउनु भयो |

कार्यक्रममा कक्षा १० का विद्यार्थी सरगम राईले भने ‘पक्कै पनि प्राप्त कम्प्युटर तथा सोलार बाट आफुहरुले राम्रो उपलब्धिमुलक शिक्षा पाउने छौं तथापि पनि हाम्रो न्यून आर्थिक स्रोतको कारण अझै हामीलाइ स्कुल ड्रेस तथा स्कुल ब्यागको समस्या छ यस तर्फ पनि सहयोगी व्यक्तित्वहरुको ध्यानाकर्षण गराउन चाहान्छु |’

प्राप्त कम्प्युटर चलाउदै सिम्ले मावि विद्यार्थी

‘आफु सम्पन्न हुनु मात्र ठुलो हैन, समाज लाई सम्पन्न गराउनु सक्नु महान रहेको समाजसेवी मुगाधन पुरीले बताउनु भयो, सिम्ले माविमा दक्ष कम्प्युटर शिक्षकको अभाव रहेको विषयलाई मनन गर्दै पुरीले सिम्ले माविबाट कोहि शिक्षक कम्प्युटर सिक्न चाहानु हुन्छ भने त्यसको निमित्त लाग्ने सम्पूर्ण खर्च आफैले बेहोर्ने समेत प्रतिबद्धता गर्नु भएको छ |

विद्यालय व्यवस्थापन समिति अध्यक्ष्य पर्शु राम राई

प्राप्त सहयोग बाट राम्रो फल प्राप्त गर्न सके र उपलब्धिमुलक बनाउन सके अझै सहयोगको ढोका खुलिने समेत उहाले बताउनु भयो, यस भन्दा अघिल्लो बर्ष नै महेश्वरी स्थित श्री शिशु मावि र मयुर निमाविलाई पनि सोलार तथा कम्प्युटर उपलब्ध गराई सक्नु भएको पुरीको विद्यालयको औपचारिक शिक्षाको प्रारम्भ भने श्री शिशु माविबाट भएको थियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here