काठमाण्डौ- रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफ.एम.मा कार्यरत उहाँको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठ ४५ वर्षको हुनुहुन्थ्यो । धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गर्नु भएको थियो ।

त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा उहाँले आफ्नो छुट्टै पहिचान बनाउनु भएको थियो । त्यस्तै विक्रम संवत २०५६ सालमा उहाँ इमेज एफएमको स्टेशन म्यानेजरसमेत बन्नुभयो ।

लिरिसिस्ट र कम्पोजरसमेत रहेका सुरज श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँले म्युजिक भिडियो डाइरेक्टरको रुपमा समेत काम गर्नु भएको छ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here