काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपिट गर्ने ३ जना भारतीय सुरक्षाकर्मी पक्राउ परेका छन् । गौर नगरपालिका १ को सूर्या बेम्बो होटलमा मदिरा खाएर होहल्ला गरिरहेका विहार मिलिटरी प्रहरीका सुरक्षाकर्मीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत कुटपीट गरेका थिए ।

होटलमा मदिरा खाएर होहल्ला गरेका उनीहरुले होटलमा तोडफोड गर्नुका साथै कामदारलाई कुटपिट गरेपछि उक्त घटनाबारे बुझ्न त्यहाँ पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपिट गरेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।पक्राउ पर्नेमा सुमन आले, पृथ्वी पुन र खड्कसिंह भण्डारी रहेका छन् ।

चार जनाको समूहमा रहेका उनीहरुमध्ये एक जना भने त्यहाँबाट फरार भएका छन् । रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here