काठमाडौं – मान्छे भएर जन्मे पछि धेरै कुरा भोग्नु पर्ने रहेछ । भाग्य र नियतिले उमेर भनेर छोड्दैन रहेछ । एउटा घत लाग्दो दृश्य देखियो बेनिघाटको चरौदी पुल नजिक ठाउँमा ।

८० बर्षिय वृद्ध जसले बिगत २० बर्ष देखि चरौदी पुलको छेउमा रहेको त्रिशुली नदीको माथि रहेको तुईन तानेर आफ्नो जीवन गुजारा गरिरहेका छन् । घर छैन उनको न त परिवार नै छ । एक अपाङ्ग छोराको साथमा उनि त्यहि तुईनको खम्बा तल बस्न बाध्य छन् । अपाङ्ग छोरा जसले केहि बुझ्दैन, न त बोल्न सक्छन ।

८० बर्षिय वृद्धको नागरिकता पनि छैन । अहिले सम्म वृद्ध भत्ता पनि पाएका छैनन् । हेर्नुस त कस्तो बिडम्बना । अहिलेको बेलामा पनि यस्तो दुखमा यी व्यक्ति बसिरहेका छन् । उनको नाम शुक्र बहादुर चेपाङ हो |

कलाकार शशिकला राईको जन्म दिनको अवसरमा खाद्यान्न , लत्ताकपडाहरु काठमाडौं बाट दिनु भएको थियो,यसै कार्यमा उज्यालो मिडियाले पनि सहकार्य गरेको छ !

बाकि भिडियो हेर्नुहोस :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here