काठमाडौँ । भारतीय सेनाको आरोण टोलीले मकालु बरुण निकुञ्जमा हिमाली मानव यतीको पाइला भेटिएको दाबी गर्दै प्रचार गरिरहे पनि निकुञ्जका अधिकारीहरुले भने सिधै अस्वीकार गरेका छन् ।

‘भारतीहरुले बढी होहल्ला गर्छन्’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘यतीको हकमा पनि त्यही हुन सक्छ । उनीहरुले यतिको पाइला भनी प्रचार गरेको तस्बीरलाई हाम्रा विज्ञहरुले भालुको पाइला हुनसक्ने बताएका छन् ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) चन्द्रशेखर चौधरीले पनि भारतीय सेनाको दाबीलाई अस्विकार गरेका छन् ।

‘उहाँहरुले के आधारमा भन्नुभएको हो मलाई केही थाहा छैन’ चौधरीले खड्कासंग भनेका थिए, ‘टोली फर्केपछि कुरा गर्नुपर्ला ।’

टोली मकालु बरुणबाट र्फकने क्रममै छ । भारतीय सेनाको आरोण टोलीले ९ अपि्रलमा मकालु बेसक्याम्पमा पहिलो पटक ३२*१५ इन्चको रहस्यमयी यतीको पाइला भेटिएको भन्दै इन्डियन आर्मीको ट्वीटर ह्याण्डलबाट ट्वीट गरेको थियो ।

ट्वीटपछि यसलाई विश्वभर चासोका साथ हेरिएको छ भने बीबीसी, सीएनएनलगायत अन्तराष्ट्रिय मिडियालेसमेत समाचार बनाएका छन् ।

 

महानिर्देशक खडकाका अनुसार भारतीय सेनाको टोलीसंग नेपाली सेनासमेत संगै थिए । सर्वसाधारणले गर्ने आरोहण टोलीमा निकुञ्जका कर्मचारी संगै रहने भए पनि सेनासंग सेनाकै टोली रहन्छन् ।’

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यसबारे नेपाली सेनासंग सोधपुछ गरिरहेको बताए । ‘उताबाट जानकारी आएपछि के रहेछ विस्तृत भनौंला’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here