हामी कस्तो देशमा बाँचिरहेका छौँ ? हाम्रो देशको सरकार कहाँबाट सञ्चालित छ ? देशमा पछिल्लो समय भइरहेका गतिविधिलाई नियाल्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनको एउटा कुरा साँच्चै हो जस्तो लाग्छ  । उनले कुनै बेला भनेका थिए, ‘देशको साँचो हाम्रो हातमा छैन  ।

यदि देशको सरकार स्वचालित थियो भने राष्ट्रका नाममा भएका जग्गा त्यो पनि प्रधानमन्त्री, फ्रधानन्यायाधीश निवास रहेकै जग्गा धमाधम व्यक्तिका नामबाट व्यत्तिलाई बिक्रीवितरण भइरहँदा सरकार के हेरेर बसेको हो ? हिँजो सिमनाका भूमि बेचिए, जनस्तरबाट जतिसुकै विरोध भए पनि त्यो फर्काइएन र फर्किनेवाला पनि छैन । आज देशको केन्द्रीय राजधानीकै भीभीआईपीहरूको निवास खुरुखुरु व्यक्तिका हातमा पर्दा त्यसलाई रोक्न सरकार किन सक्दैन ?

आजका प्रधानमन्त्री पो त्यो निवासमा छन्, भोलि सत्ता फुत्किएपछि त्यसको मालिक आफैं हुन पाउँछु भन्ने उद्देश्यले पनि अरूका नाममा आफैँले खरिद गर्न पनि बेर मान्दैनन् यो देशका प्रधानमन्त्री । बालुवाटार, टुँडिखेलजस्ता ठाउँ त यसरी बिक्रीवितरण भइरहेका छन् भने अन्य ठाउँमा रहेका सरकारी जग्गाको अवस्था के होला ? यो सजिलै अनुमान लगाउन सक्ने कुराभित्र पर्न गयो अहिलेको अवस्थामा । भ्रष्टाचार नियन्त्रण गर्ने सर्वोच्च संस्था भनेको अख्तियार हो ।

अख्तियारका नाइकेले नै गद्दारी गरेपछि त्यो संस्थालाई कसले नियन्त्रण गर्न सक्छ ? कि लोकमान प्रकरणको पुरावृत्ति आवश्यक पर्नेछ । नत्र संवैधानिक निकायका प्रमुखलाई सरकारले सिधै हटाउन सक्ने व्यवस्था नेपालको संविधानमा छैन । भ्रष्टाचार गर्ने र खाने विषयमा के सत्तापक्ष के प्रतिपक्ष सबैको मतैक्य हुने गर्छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखकै बीचमा समन्वय हुन नसक्नु । बालुवाटार, खुलामञ्चजस्ता जग्गाका विषयमा सरकारको औपचारिक धारणा सार्वजानिक नहुनु जस्ता क्रियाकलापले यस्ता कार्यमा सरकारकै मौन समर्थन रहेको हो कि भनेर शंका गर्ने प्रशस्त ठाउँ दिएको छ । यस्तै प्रक्रियाले चल्दै जाने हो भने भोलि हाम्रो देश नै बेचिन सक्छ। यदि त्यस्तो सुन्नमा आयो भने पनि कसैले कुनै आश्चार्य मान्नु पर्दैन ।

– सुजन देवकोटा, पालुङटार–४, गोरखा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here